सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । बृन्दावन नगरपालिका नगरपालिका कार्यालय विश्रामपुर,रौतहटका मेयर रामस्नेही राय यादवले १४ वर्षीया सन्जा कुमारीको बलात्कार पछि हत्या भएकोे बताएका छन् ।
वडानम्बर ४ स्थित हरैया पल्टुवामा १४ वर्षीया सन्जा कुमारी शुक्रबार सांझ मृत अवस्थामा भेटिएकी थिईन् ।
वडा नम्बर १ बस्ने स्थानिय सिताराम साह कानुको १४ वर्षिया छोरी मामा घरमा बस्दै आएकी र शुक्रबार बिहान अन्दाजी १० बजेको समयमा घाँस काटन गएर घर नआएपछि खोजी सुरु भएको थियो ।
सोही क्रममा घटनाको सत्यतथ्य पत्ता लगाएर दोषी उपर कडा कारवाही गरिने प्रहरी प्रमुख सिद्धि बिक्रम सहाले बताए ।
घर नजिकैको उँखुबारीमा सन्जालाई मृत अवस्थामा भेटिएपछि अवस्था अनुसार सन्जाको बलात्कार पछि हत्यानै भएको उल्लेख गर्दै यस घटनाले पिडित बनाएको र वास्तवीक सम्म पुगेरै छाड्ने मेयर रामस्नेहीले बताए ।
मेयर रामस्नेहीलले जानकारी दिए अनुसार शुक्रबार घाँस काट्न गएको अबोध नगरको छोरीको शबलाई करिब १२ ,१३ १ घण्टापछि शव उठाइएको छ भने यस्तो अपराध गर्ने स्थानिय नै हुन सक्ने बताए ।
लाल खबरसंगको कुराकानीमा उनले बलात्कारपछि हत्या गर्ने दोषीलाई खोज्न र कानुनी कारवाही गराउन आफु पछि नहट्ने र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको विशेष तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटिएको जानकारी दिए ।
जिवन गुमाएकी छोरी फर्काउन नसकेपनि दोषीलाई कानुनी पञ्जामा ल्याएर पिडितले न्याय नपाए सम्म चुप नलाग्ने मेयर रामस्नेहीले प्रष्ट पारे ।
१४ वर्षीया सन्जाकोे हत्या कसले गर्यो न खुलेको अवस्था रहेसंगै अनुसन्धानको लागि केही व्यक्तीलाई नियन्त्रनमा लिएको बताउदै अपराध गर्ने जतिनै चलाख बनेपनि अपराधीलाई कडा सजाय गराएरै छाड्ने विश्वास दिलाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा