सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । राष्ट्रिय युवा सम्मेलन २०२० भव्यताका साथ सम्पन्न गरिसकेपश्चात दोश्रो प्रादेशिक युवा सम्मेलन २०२० को तयारी अन्तिम चरणमा पुगेको छ ।
‘उद्यमी युवा समृद्ध देश, दिगो बिकासको लक्ष्यमा समान परिबेश’ भन्ने मूल नाराका साथ ६ ओटै प्रदेशहरुमा प्रदेश स्तरिय सम्मेलन सम्पन्न गरिसकेको राष्ट्रिय युवा परिषदले बिश्वो पर्यटन दिबस सेप्टेम्बर २७ को अवसर पारि बागमती प्रदेशमा प्रदेश स्तरिय युवा सम्मेलन आयोजना गर्न लागेको हो।
कोरोना महामारीको यस समयलाई मध्यनजर गर्दै परिषदले अनलाइन मार्फत भर्चुअल रुपमा सम्मेलन आयोजना गर्दै आयको हो। २ दिन सम्म चल्ने बागमती प्रदेश युवा सम्मेलनमा बागमती प्रदेशका १३ ओटै जिल्लाहरुबाट करिब २०० जना युवाहरुमात्र छनौट गरि सहभागी गराउन लागिएको कार्यक्रमका संयोजक सुदर्शन बिडारीले बताउनुभयो ।
उक्त सम्मेलनमा ४ वटा बिषयगत क्षेत्रहरु तय गरिएको छ जसमा “कोभिड- १९ र युवाको भुमिका” भन्ने बिषयमा विभिन्न वक्ताहरुले आफ्नो अनुभव साटासाट गर्नेछन भने “मेरो प्रश्न मेरो जनप्रतिनिधिलाई” भन्ने बिषयमा बागमती प्रदेशका स्थानिय तह, प्रदेश सभा र प्रतिनिधि सभाबाट एक/एक जना जनप्रतिनिधिले सहभागी युवाहरुसगँ अन्तरक्रिया गर्नेछन । त्यस्तै “निर्बाचनमा युवाको भुमिका” भन्ने बिषयमा निर्वाचन आयोगका उपसचिब कोमल प्रसाद धमालाले आफ्नो प्रस्तुतिका साथै सहभागि युवाहरुसगँ अन्र्तक्रिया गर्नुहुनेछ । “डिजिटल ट्रान्सर्फर्मेसन र युवा उद्यमशीलता” भन्ने बिषयमा पनि बिषयगत बिज्ञता हासिल गरेका बिभिन्न वक्ताहरुले आफ्नो प्रस्तुती गर्नुहुनेछ साथसाथै व्यक्तित्व बिकाश , नेतृत्व बिकाश र युवा उत्प्रेरणा सम्बन्धमा विभिन्न प्रख्यात व्यक्तित्व हरु द्वारा तालिम प्रधान गरिनेछ।
सम्मेलममा सहभागी हुन इच्छुक सबै आवेदक हरुलाई समेट्न नसकिएको कुरामा क्षमा माग्दै नेपाल युवा परिषद– बागमती प्रदेश को आधिकारिक फेसबुक पेज https://www.facebook.com/NYCBagmatiProvince मा सम्मेलन लाइभ हेर्न सकिने कुरा परिषदका अध्यक्ष सरोज बानियाले जानकारी दिनुभयो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा