सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । लोक सेवा आयोगले कोरोना महामारीसँगै लकडाउनको कारण अवरुद्ध भर्ना प्रक्रिया सुचारु भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले रोकिएका परीक्षा सुचारु गर्ने निर्णय गरेको हो । आयोगले सार्वजनिक सूचना निकालेर आउँदो कात्तिक १८ गतेदेखि परीक्षा सुरु गर्ने जनाएको हो ।
आयोगले शुक्रबार शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
आयोगका अनुसार न्याय सेवातर्फको अधिकृत तहको जाँच कात्तिक १८ गते प्रथम, १९ गते द्वितीय र २० गते तृतीय विषयको परीक्षा हुनेछ ।
त्यस्तै व्यवस्थापिका संसद् सेवाको २१ र २२ गते हुनेछ । आयोगले परराष्ट्र सेवा, सामान्य प्रशासन सेवा, लेखापरीक्षण र संसद् सेवातर्फको परीक्षा कात्तिक २३ गतेदेखि २७ गतेसम्म हुने जनाएको छ ।
यस्तै नासु तहको परीक्षा मङ्सिर ७ गतेदेखि सुरु हुनेछ । सुब्बाको द्वितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनको परीक्षा ७ गते र तृतीय पत्र सेवाअनुसार ८ गतेदेखि १२ गतेसम्म निरन्तर हुनेछ ।
परीक्षाका लागि आयोगले बिशेष स्वास्थ्य मापदण्ड बनाएर लागू गर्ने भएको छ । कोरोनाका कारण करिब १३ हजार पदको भर्ना प्रक्रिया स्थगित भएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा