सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
बिहीबार दिउँसो ज्वरो आएपछि जाँचको लागी पाटन अस्पताल पुगेका थिए । सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि उनले शुक्रबार बिहानै स्वाब दिएका थिए । महर्जनको शुक्रवार आएको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको हो। उनी अहिले होम आइसोलेसनमा बसेका छन्।
यसअघि पनि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना पुष्टि भएको थियो। शाक्यले कोरोना जितिसकेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा