सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १३१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार २६२ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ७० हजार ६१६ जना पुगेको छ । आज १८ हजार २८९ जना सक्रिय संक्रमित रहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १४५५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ५१ हजार ८६६ पुगेको छ । संस्थागत आइसोलेसनमा ८ हजार २३७ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १० हजार ५२ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ४६४ रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा