सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । यूईएफए सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ ।
बिहिबार राति भएको खेलमा सेभियालाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै बायर्नले सात वर्षपछि यो उपाधिहात पारेको हो ।
हंगेरीको बुढापेष्टमा भएको खेलमा १३ औं मिनेटमा सेभियाका लुकास ओकाम्पोसले पेनाल्टी गोल गरे । त्यसपछि ३४ औं मिनेटमा बायर्नका लियोन गोरेज्काले गोल गरेपछि खेल १ १ को बराबरी भयो । त्यसपछि दोस्रो हाफमा गोल हुन सकेन ।
निर्धारित ९० मिनेटमा एक–एकको बराबरी खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसपछि एक सय चार मिनेटमा बायर्नका मार्टिनेज अगुइनागाले गोल गरेपछि बायर्न विजयी भएको हो ।
गत सिजन बायर्नले दुई घरेलु तथा एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । सेभियाले भने सर्वाधिक १३ औं युरोपा लिगको उपाधि जितेको थियो ।
अन्तिम पटक सन् २०१३ मा सुपर कपको उपाधि जितेको बायर्न त्यसपछि फाइनल खेल्न सकेको थिएन । सेभिया भने पछिल्लो १० वर्षमा चौथो पटक यूईएफए सुपर कपको फाइनलमा पराजित भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा