सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । कोरोना महामारीका कारण रोकिएका परिक्षा सञ्चालन हुने भएको छ ।
आयोगले बुधबार परीक्षा तालिका सार्वजनिक गर्दे शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षा क्रमशः कात्तिक र मंसिरमा सञ्चालन गर्ने भएको हो ।
प्रकाशित सूचनाअनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ गते र नायब सुब्बाको परीक्षा मंसिर ८ गते सुरु हुनेछन्।
शाखा अधिकृत वा सो सरह पद तथा नायब सुब्बा वा सो सरह पदका लागि आर्थिक वर्ष ०७६/७७ मा सञ्चालित प्रथम चरणको लिखित परीक्षाबाट छनोट भएका उम्मेदवारको दोस्रो चरण र न्याय सेवातर्फका उम्मेदवारको परीक्षा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरिएको लोकसेवाले जनाएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा