सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कोरोना भाइरसलाई जितेका छन् । भदौ २३ गते कोरोना संक्रमण पुष्छि भएका कोइरालाको पछिल्लो रिपोर्ट नेगेटिभ आएको उहाँका स्वकीय भरत तिवारीले जानकारी दिनुभयो । कोइराला अझै एक हप्ता घरमै आइसोलेसनमा बस्ने बताइएको छ ।
भदौ २३ गते कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका कोइरालालाई ज्वरो आउने लगायतका समस्या देखिएपछि ओम हस्पिटलमा भर्ना गरिएको थियो। चार दिन अस्पतालमा बसेर डा. कोइराला घर फर्केका थिए ।
यसैबीच कोइरालाको सचिवालयका एक सदस्यलाई पनि कोरोना संक्रमण भएको छ। बुधबार टेकु अस्पतालमा गरिएको परीक्षणमा सचिवालयमा रहेका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा