सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन गर्न सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बुधबार प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित भए व्यवस्थापन गर्न गाह्रो हुने भएकाले पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । बुधबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ रहेको छ ।
नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको लकडाउन चार महिनापछि गएको साउनमा अन्त्य भएको थियो । त्यसपछि पनि भाद्र ३ गते रातिबाट काठमाण्डौँ उपत्यकासहित कतिपय जिल्लामा निषेधाज्ञा जारी भएको थियो । चरम दबाबपछि सरकारले भाद्र २४ गतेदेखी निषेधाज्ञा खुकुलो पारेको थियो भने असोज १ बाट लामो दुरीको यातायात पनि खुल्ला गरेको थियो ।
हाल नेपालमा आन्तरिक उडान पनि ६ महिनापछि असोज ६ गतेबाट खुलीसकेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको छ।
त्यसैगरी २४ घण्टामा १८ सय ९३ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार ९५४४ पुगेको छ। मन्त्रालयका अनुसार यो डिस्चार्ज हुनेको ७३ दशमलव ७ प्रतिशत हो।
सँगै बुधबार सात जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४३६ पुगेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा