सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । अमेरिकाको साप्ताहिक म्यागजीनले बर्ष २०२० को लागी सबैभन्दा प्रभावशाली ब्यक्तिहरुको नामको सुची सार्वजनिक गरेको छ । यसमा १०० यस्ता ब्यक्तिहरुको नाम समावेश छ , जसले कुनै न कुनै प्रकारबाट विश्वमा आफनो प्रभाव जमाएका छन् । यो पटकको सुचीमा अनौठो यो देखिएको छ कि अमेरिकाबाट प्रकाशित हुने टाइम म्यागजीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप भन्दा पनि अगाडि चीनीया राष्ट्रपति शी जिनपिङको नाम समावेश गरेका छ ।
टाइम म्यागजीनको तर्फबाट हरेक बर्ष यो लिष्ट जारी गरीन्छ । यो पटक म्यागजीनले आफनो प्रभावशाली ब्यक्तिहरुको सुचीमा चीनीया राष्ट्रपति शी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप, कमला ह्यारीस, जो बाइडेन, एंजला मर्केल, नेन्सी पालोसी जस्ता ठुला–ठुला नेताहरुको नाम समावेश छ ।
यो बर्ष लिस्टमा छिमेकी देश भारतका प्रधानमन्त्रि नरेन्द्र मोदीसँगै बलीउड अभिनेता आयुष्मान खुराना र शाहीन बागकी हजुरआमा बिलकिस लाई पनि समावेश गरीएको छ ।
They've won elections, guided movements, achieved reform and changed the world for better—and sometimes for worse. These are the Leaders of the 2020 #TIME100 https://t.co/usxpGZkNS9 pic.twitter.com/RJu8i6M6bd
— TIME (@TIME) September 23, 2020
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा