सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । कोभिड–१९ संक्रमित नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन्। कोरोना संक्रमण भएर स्टार अस्पतालमा उपचाररत लामाले एक भिडियो सन्देशमार्फत आफ्नो सुरक्षा मा कतै नचुक्न आग्रह गरेका छन् । लामाले कोरोना भाइरस सामन्य रोग नभएको बताउदै यस्ले ज्यान लिन सक्ने समेत बताएका छन् ।
क्याप्टेन लामाले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै चाँडै डिस्चार्ज भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने बताएका छन्। उनले आफू स्वस्थ्य भइरहेको र रोग जसलाई पनि लाग्न सक्ने भन्दै कोरोना लाग्दैमा नआत्तिन पनि सल्लाह दिएका छन्। उनले आफू स्वस्थ्य हुनुमा अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा