सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विश्वभरी कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १२ लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ ।
चीनको वुहानबाट सुरु भएको उक्त भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित दुई करोड २८ लाख ३५ हजार ६३२ व्यक्ति कोरोना मुक्त भएका छन् ।
कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा सत्तरी लाख चार हजार ७६८ भन्दा बढी संक्रमित भएका छन् भने दुई लाख ४ हजार ११८ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो ।
मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख ८७ हजार ५८० पुगेको छ ।
ब्राजिलमा एक लाख ३६ हजार ८९५ जनाले उक्त भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८७ हजार ९०९ जनाको मृत्यु भएको छ । रुस एघार लाख तीन हजार ३३९ संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौं स्थानमा रहेको पेरुमा लाख लाख ६८ हजार ८९५ व्यक्ति संक्रमित छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा