सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो पटक नेपाली सेनाको मृत्यु भएको छ।
रामेछाप घर भइ काठमाडौंको एक गुल्ममा कार्यरत ३४ वर्षीय सेनाका जवानको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायकरथि सन्तोषबल्लभ पौडेलले बताए।
गत भदौ ३१ गते मृत्यु भएका उनको असोज १ गते पिसिआर पोजेटिभ आएको थियो । ती जवानको स्वास्थ्य निर्देशिका अनुसार अन्त्येष्टि गरिएको प्रवक्ता पौडेलले बताए। लामो समयदेखि ब्लड क्यान्सरबाट पिडित ति सेनालाई उपचारकै क्रममा कोभिड संक्रमण पुष्टि भएको थियो।
यसैबीच नेपाली सेनामा हालसम्म कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीमध्ये ४०१ जनालाई निको भइसकेको भने एक हजार ६५४ सक्रिय सङ्क्रमित भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा