सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । रुसले सार्वजनिक गरेको कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप एक नेपालीले पनि लगाउने अवसर पाएका छन् ।
शनिवार रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन खोप लगाउन पाएका हुन् ।
सल्यान पुर्ख्यौली घर भएका ६१ वर्षीय डा. श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएपछि उनले यो अवसर पाएका हुन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले लक्की ड्र मार्फत् श्रेष्ठले यो अवसर पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिनु भएको छ ।
श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । ३० हजार जना मध्येबाट छानिनु भएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।
रसियामा निर्मित उक्त भ्याक्सिन नेपालमा ल्याउने प्रयास पनि भइरहेका समयमा रुसमा एक नेपालीले खोप लगाउनु पाएका हुन् ।
नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको उक्त भ्याक्सिन नेपाललाई प्रथामिकतामा राखेर दिन तयार रहेको यसअघि जानकारी दिइसकेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा