सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रभात कुमार झा/ सर्लाही । मुर्ती विसर्जनको बिषयलाई लिएर दुई समुदाय विच बादविाद उत्पन्न भई झड्पमा परिणत हुनथाल्दा सर्लाही सदरमुकाम मलंगवामा शनिबार दिउँसो २ बजेबाट १८ घण्टाको लागि निषेधाज्ञा (कफर््यु) लगाइएको छ ।
विश्वकर्मा पुजाको मूर्ति विसर्जनको विषयलाई लिएर हिन्दु र मुस्लीम समुदाय विच सामान्य कुरामा बादविवाद भई झड्पमा परिणत हुन थालेपछि हिंसा हुन नदिन तथा समाजममा शान्ति सुरक्षाको अवस्था चुस्तदुरुस्त राख्न उद्देश्यबाट जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा (कर्फ्यु ) लगाएको हो ।
शनिवार दिउसो २ बजे देखि आईतवार विहान ८ बजे १८ घण्टाको सम्म समुदाय स्तरिय हिंसा भडकिन नदिन स्थानीय प्रशासन ऐन २०२८ अनुसार कफर््यु आदेश जारी गर्दै मलंगवामा बस्ने सबै जनताहरु भित्रै बस्न तथा घर बाहिर ननिस्कन एवं कर्फ्यु आदेशको पुर्ण रुपमा पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लाबासी संग आग्रह गरे ।
असोज १ गते विश्वकर्मा पुजा गरेर विश्वकर्माको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा मलंगवा वडा नम्वर ३ मा मुस्लिम समुदायबाट अवरोध खडा गरेपछि दुई समुदायबीच तनाव उत्पन्न भई झडप हुँदा दुवै तर्फ गरेर १२ जना व्यक्तिहरु घाईते भएका थिए । घाईतेहरुको उपचार पछि घर फर्किएको तथा आज विहान देखि दुवै समुदायका मान्छेहरु भेला हुन थाल्दा अवस्था अत्यन्तै नाजुक हुँदै गएपछि शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउनका लागि कर्फयु लगाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
विश्वकर्मा भगवानको पुजा गरेर हिन्दु समुदायका युवाहरु डिजे साउण्ड बजाउदै मुर्ती विर्सजन गर्न मलंगवा नगर परिक्रमा गर्ने क्रममा मुस्लिम समुदायका युवाहरु अवरोध सृजना गर्दा दोहोरो झड्प भएपछि अहिले मलंगवामा व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको श्रोतले बतायो ।
दुई समूहबीचको झडप पछि विश्वकर्मा भगवानको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ । घटनालाई साम्य पार्न बिहानैदेखि दुई पक्षबीच जिल्ला प्रहरी कार्यालयमा छलफल भएपनि कुनै ठोस सहमती नहुँदा तथा दुवै पक्षबाट धेरै मानिसहरु जम्मा हुन थालेपछि अप्रिय घटना नहोस् भन्ने अभिप्रायले कर्फ्यु आदेश जारी गरिएको प्रजिअ पौडेलले बताए । कर्फयु आदेशको उलंघन गर्नेलाई स्थानीय प्रशासन २०२८ ऐन अनुरुप कारवाही गर्ने चेतावनी समेत दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा