सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएको हो ।
गौतमका अनुसार संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा