सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सरकारले यस वर्षको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ बरिष्ठ आँखा रोग बिशेषज्ञ डाक्टर सन्दुक रुइतलाई प्रदान गर्ने भएको छ । रुइतसहित ५ सय ८६ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा (तक्मा) विभूषित गरिने भएको हो । त्यस्तै ‘प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय)’ बाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हालै मात्र अवकाश पाएका प्रमुख आयुक्त नवीन घिमिरे, सर्वोच्च अदालतका न्यायाधीश दीपकुमार कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दिइने घोषणा गरिएको छ ।
‘सुकीर्तिमय राष्ट्रदीप (तृतीय)’ बाट राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरीका एआईजीद्वय पुष्पराम केसी र रामशरण पौडेल, अख्तियारका आयुक्त गणेशराज जोशी, वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, पर्यटन सचिव केदारबहादुर अधिकारी र वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई प्रदान गरिने भएको छ ।
सो मानपदवी राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट विभूषित गरिने छ । नयाँ वर्ष २०७८ वैशाख १ गते राष्ट्रपतिले तक्मा प्रदान गर्नेछिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा