सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसंँग छिट्टै वार्ता हुने बताएका छन् ।
कूटनीतिक संवाद र छलफलबाट सीमा समस्याको समाधान गरिने उनले बताए । प्रेस सङगठन नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले नेपाल कुनै छिमेकी मुलुकतिर नढल्किने स्पष्ट पारेका हुन् ।
सीमा समस्या समाधानलगायत विषयमा प्रधानमन्त्रिस्तरमा भारतसँग चार पटक फोन संवाद भएको जानकारी दिए । खोसिएको भू-भाग फिर्ता लिन नयाँ नक्सा जारीपछि थप ऊर्जा थपिएको बताउँदै उनले भने-‘निश्चित प्रयोजनका लागि वर्षौ पहिले बसेका भारतीय सेना अब हट्नुपर्छ । उसले नेपाललाई आफ्नो भूभाग उपयोग गर्न दिनुपर्छ ।’ मन्त्री ज्ञवालीले विकासका विषयमा भारतसँग सम्बन्ध सुदृढ बन्दै गएको बताए ।
भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरालगायत क्षेत्रको नेपाली भूमि फिर्ता गर्न भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास उनले व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताए ।
सच्याउनुपर्ने भएमा आवश्यक बुँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ उनले भनेका छन् । पार्टी स्थायी कमिटीमा एमसिसीका कुन–कुन बुँदा सच्याउने भन्ने कुरा नउठेकोसमेत स्पष्ट पारे । उनले पार्टीभित्र अझै पनि अन्तरविरोध रहेको र त्यसको समाधान आगामी चैतमा हुने महाधिवेशनबाट समाधान हुने विश्वास व्यक्त गरे ।
मन्त्री ज्ञवालीले आफूले केही दिन पहिले एशिया क्षेत्रका अर्थमन्त्रीको जुम बैठकमा सहभागिता जनाउँदा एशियाली विकास बैंकले पनि नेपालको अर्थतन्त्रलाई राम्रो संकेत नगरेको जनाउँदै स्वास्थ्य सतर्कता अपनाउँदै अर्थतन्त्रका गतिविधि खुला गर्न खोजिएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा