सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमले राष्ट्रिय सभा सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
उहाँलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथ गराउनुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको हो ।
लामो रस्साकसीपछि नेकपाका उपाध्यक्ष गौतमलाई केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गरेको थियो ।
सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताउनुभयो ।
राष्ट्रियसभाको गरिमा बढाउन नियमावली अनुसार काम गर्ने उहाँले मनोनयनका लागि पार्टी नेतृत्व, सरकार र राष्ट्रपतिप्रति आभार व्यक्त गर्नुभयो ।
नेता गौतमले समाजवादमा जाने संकल्प पूरा भूमिका निर्वाह गर्नेबाहेक अर्को स्वार्थ नभएको बताउनुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा