सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हङकङ । चीनमा निर्मित कोरोना भाइरसविरूद्धको खोप तीन महिनाभित्रै आउने सम्बद्ध अधिकारीहरुले बताएका छन् । उनीहरूले यो खोप आगामी नोभेम्बरको सुरूमै आम मानिसका लागि उपलब्ध हुने बताएका हुन् ।
हङकङबाट प्रकाशित साउथ चाइना मर्निङ पोस्टले दिएको समाचार अनुसार चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले सोमबार एक टेलिभिजन अन्तर्वार्तामा हाल तेस्रोचरणको क्लिनिकल परीक्षण भइरहेका खोप नोभेम्बर वा डिसेम्बरमा आम मानिसले प्रयोग गर्न पाउने बताएकी छिन् ।
चिनियाँ कम्पनीहरूले बनाइरहेका चारवटा भ्याक्सिनको तेस्रो चरणको परीक्षण भइरहेको छ । तिनीहरूको परीक्षण चुस्त गतिमा भइरहेको छ ।
वुले पछिल्लो समय आफूले पनि खोप लगाएको तर त्यसको कुनै साइड इफेक्ट नदेखिएको बताएकी छन् । उनले कुन खोप लगाएकी हुन् भन्ने चाहिँ नखलाएको समाचारमा उल्लेख छ ।
सिनोफार्म र सिनोभ्याक बायोटेकले राज्यको आपतकालीन प्रयोग कार्यक्रमअन्तर्गत तीनवटा खोप बनाइरहेका छन् भने क्यानसिनो बायोलोजिक्सले बनाएको खोपलाई गत जुनमा सेनामा प्रयोगका लागि स्वीकृति दिइएको थियो ।
गत जुलाईमा सिनोफार्मले सन् २०२० को अन्त्यसम्ममा आफूले बनाएको खोप आम मानिसका लागि उपलब्ध हुन सक्ने बताएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा