सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । जापानको सत्तारुढ दलका नेता योसिहिडे सुगा नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका छन् ।
गत महिना स्वास्थ्यको कारण देखाउँदै ६५ बर्षिय सिन्जो आवेले पदबाट राजिनामा दिएपछि संसदले नयाँ प्रधानमन्त्रीको रुपमा सुगालाई निर्वाचित गरेको हो ।
गत हप्ता आफ्ना दुई प्रतिष्पर्धिलाई पछि पार्दै पार्टीको तर्फबाट उम्मेद्वार बनेसँगै सुगा प्रधानमन्त्री निर्वाचित हुनुभएको हो ।
४६२ सदस्य रहेको जापानको तल्लो सदनमा भएको निर्वाचनमा सुगाले ३१४ मत प्राप्त गर्नुभएको छ ।
निवर्तमान प्रधानमन्त्रीका विश्वास पात्र रहेका सुगा यसअघि मन्त्रिपरिषदका मुख्य सचिव रहनुभएको थियो ।
एक किसानको छोरा सुगाको पालन–पोषण जापनको उत्तरी अकिता भन्ने क्षेत्रमा भएको थियो । सुगालाई लिएर भनिएको छ कि उनको सबैभन्दा ठुलो चिन्ता ग्रामीण क्षेत्रमा जनसंख्या का मुद्दा हुनेछ, जुन काम उनी प्रधानमन्त्रि पदको शपथ लिएपछि कार्य गर्न सक्नेछन् ।
प्रधानमन्त्रिको रुपमा उनी ठुलो मुश्किल परिस्थितिको सामना गर्नेछन्, किनभने कोरोना भाइरससँग लड्न र विश्वको तेस्रो सबैभन्दा ठुलो अर्थब्यवस्थालाई सुचारु रुपमा अगाडि बढाएर कायम राख्न एउटा ठुलो चुनौती बनेर अगाडि आउनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा