सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बुधबार बिहान ओछ्यानमा निदाइरहेका काठमाडौं उपत्यका लगायत आपपास क्षेत्रका सर्वसाधारणको भागाभाग भयो ।
२०७२ वैशाख २९ यताकै ठूलो भुइँचालोले हल्लाएपछि उनीहरु बिउँझेर भागाभाग गरेका हुन् । बिहान ५ः१९ बजेको उक्त भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको राम्चे आसपास रहेको भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
उनका अनुसार भूकम्पको म्याग्निच्युड ६ रेक्टरस्केल थियो । २०७२ सालयता भूकम्पका सयौं धक्का अनुभव गरिए पनि यति ठूलो भुइँचालो गएको यो पहिलोपटक हो । अमेरिकी संस्था युनाइटेड स्टेटस् जिओलोजिकल सर्भेले भने भूकम्पको केन्द्रबिन्दु कोदारीबाट ११ किलोमिटर दक्षिणपश्चितर्फ रहेको र यो ५.३ रेक्टरस्केलको रहेको जनाएको छ । भूकम्पमापन केन्द्रको ट्विटर ह्यान्डिलमा राखिएको सूचनामा पनि यसको मापन ६ रेक्टरस्केल उल्लेख छ ।
भूकम्पको धक्कासँगै उपत्यकाका कतिपय सर्वसाधारण घरबाट बाहिर निस्केर भागाभाग गरेका थिए । यो समाचार तयार गर्दासम्म भूकम्पबाट क्षति भए, नभएको विषयमा कुनै विवरण आएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा