सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
परासी । पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी अजय केसिले जिल्ला आए देखि तस्कर विरुद्ध खरो रुपमा उत्रेका छ्न।मेरो कार्यकाल तस्करी गरेर जीवन पालन गर्छु र समाजिक जिवनमा बिकृती फैलाउछु भन्ने कोइ सोचेको छ भने नठाने हुन्छ , एसपी केसिले नेपाल र भारत सिमानाका खुल्ला रहेको बिगत देखि केही तस्कर हरुको समूह एक दमै सक्रिय रुपले अबैध मालसमान आयत र निर्यात गरेको हुदा उनीहरुको जड आफनै कार्यकालमा तस्करी न्यूनीकरण शून्य अवस्थामा ल्याएर नै छाडने प्रतिबद्धता समेत जाहेर गर्नु भएको छ।
एसपी केसिले तस्करहरु विरुद्ध खरो रुपमा प्रस्तुत हुदा तस्करहरुको भागाभाग र अर्को जिल्लाको नाका तिर पलाएन भएको समेत देखिन्छ। त्यसैगरी एसपी केसिको बिशेष निर्देशन मैइ अवैध मटर (केराउ) ओसार-पसारमा संलग्न १ ट्रक सहित अं.२९ लाख ३३ हजार २ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । बिहान ०६:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं. १२ भटौलिया स्थितमा ना ४ ख ४६२५ नं. को ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा ४२० बोरामा २१० क्विन्टल (२१ हजार के.जी.) हरियो मटर (केराउ) फेला पारी सोधपुछ गर्दा उक्त मटर (केराउ) संग सम्बन्धित कुनैपनि कागज-पत्र फेला नपरेकोले ट्रक चालक सहित नियन्त्रणमा लिईएको छ । उक्त मटर (केराउ) को अं. मुल्य १६ लाख ८० हजार र ट्रकको मुल्य अं. १० लाख गरी जम्मा अं. २६ लाख ८० हजार मुल्य बराबर रहेको छ ।
त्यसैगरी आज बिहान ०३:०० बजेको समयमा अं. ८४ हजार मुल्य बराबरको २१ बोरामा १ हजार ५० के.जी.हरियो मटर (केराउ) ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. २ चाँदनी चोकबाट बरामद गरेको छ । उक्त मटर वेवरिसे अवस्थामा प्रहरीले बरामद गरेको थियो । त्यसैगरी आजै बिहान १०:०० बजेको समयमा अं. ५० हजार मुल्य बराबरको ६५० के.जी. हरियो मटर (केराउ) जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं.४ बाईपासमा वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।
त्यसैगरी आज बिहान ११:३० बजेको समयमा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले अं. ४४ हजार मुल्य बराबरको १९ बोरामा ५५० के.जी. हरियो मटर (केराउ) पाल्हिनन्दन गाउँपालिका वडा नं. १ शंकरपुरबाट बरामद गरेको छ । उक्त मटर मोटरसाईकलमा राखि नेपालबाट भारत तर्फ लैजादै गर्दा प्रहरी टोलीलाई देखि बोरा फाली मानिस भागेका थिए । त्यसैगरी आज दिउँसो १५:०० बजेको समयमा अं. ५४ हजार मुल्य बराबरको १४ बोरामा ६७५ के.जी. हरियो मटर (केराउ), अं. १३ हजार २ सय मुल्य बराबरको २२० पिस सेण्डो भेष्ट र ८ हजार मुल्य बराबरको ६ वटा सानो ग्याँस सिलिण्डर र ग्याँस चुल्होमा प्रयोग हुने सामानहरु जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट बरामद गरेको छ । आज बरामद सम्पर्ण केराउ, मालसामान, १ ट्रक र १ जना ट्रक चालक समेतलाई आवश्यक कारबाहीको लागि आजै महेशपुर भन्सार कार्यालय पठाईएको नेपाली प्रहरी नायब उपरीक्षक डिएसपी एव सूचना अधिकारी राजु लामाले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा