सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले कोरोना बिमाको मापदण्ड संशोधन गरेको छ । मापदण्ड संशोधन भएसँगै होम आइसोलेसनमा बस्ने संक्रमितले बिमांकको २५ प्रतिशत मात्र दाबी भुक्तानी पाउने भएका छन् ।
सोमबारदेखि लागू हुने गरी संशोधित मापदण्डमा निजी ल्याबको परीक्षण रिपोर्टका आधारमा पनि बिमाको दाबी भुक्तानी गरिने उल्लेख छ ।
नयाँ मापदण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ परीक्षण गर्न सूचीकृत भएका सरकारी तथा निजी अस्पताल वा प्रयोगशालाबाट पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको सक्कल रिपोर्ट पेस गर्नुपर्ने उल्लेख छ । यसअघि सरकारी प्रयोगशालाको रिपोर्टका आधारमा बिमा दाबी भुक्तानी पाउने व्यवस्था थियो ।
संक्रमितले पेस गरेको रिपोर्टमा शंका लागेमा पुनः अर्को ल्याबमा कोरोना परीक्षण गराउन सकिने व्यवस्था समेत गरिएको छ । कोरोना बिमाको सबै प्रक्रिया पूरा गरेपछि सात दिनभित्र दाबी भुक्तानी गर्ने समितिले जनाएको छ । त्यस्तै, समितिले अबदेखि कोरोनामा एकल बिमालेख हटाएर सामूहिक मात्रै जारी गर्ने गरी मापदण्ड संशोधन गरेको छ ।
त्यस्तै, नयाँ संशोधनमा कोरोना संक्रमण भई होम आइसोलेसनमा बसे बिमांक रकमको २५ र अस्पताल भर्ना भई उपचार गरेका बिमितले ७५ प्रतिशत पाउने छन् । बिमितले दाबी गर्नको लागि पिसिआर जाँच गर्दा पोजेटिभ भएको रिपोर्ट, अस्पताल भर्ना र डिस्चार्ज भएको भौचर तथा होम आइसोलेसनमा बसेको भए स्थानीय तहबाट प्रमाणित सिफारिस पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि पिसिआर पोजेटिभ रिपोर्ट मात्र लिएर बिमा दाबी गर्न पाइने व्यवस्था तथा बिमांकको पूरै रकम पाउने व्यवस्था थियो । अहिलेसम्म कोरोना बिमाका १० लाखभन्दा बढी पोलिसी बिक्री भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा