सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्याङजा । जिल्ला प्रहरी कार्यालय स्याङजाको प्रहरी टोलीले यही भाद्र २८ गते ३ थान भरूवा र १ थान १२ बोर बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङजाको पुतलीबजार नगरपालिका -०७ बस्ने ६९ वर्षिय भिम बहादुर ठकुरी र सोही स्थान कै ६० वर्षिय ओम बहादुर हमाल रहेका छन् । पक्राउ परेका निजहरुले घरमा अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले निजहरूको घरमा खानतलासी गर्दा भरूवा बन्दुक तथा सो सँग सम्बन्धित सामानहरू फेला पारी बरामद गर्नुका साथै निजहरुलाई समेत नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका निजहरुको साथबाट प्रहरीले ईजाजत पत्र नभएको ३ थान भरुवा बन्दुक, १ थान १२ बोर बन्दुक, बारयद भरेको र खाली टोटा, ११० वटा फालमको छर्रा, ४८ थान पट्का , १४८ थान केप लगायत बारुद र बारुद बनाउन प्रयोग हुने विभिन्न सामाग्री बरामद गरेको छ ।
पक्राउ परेका निजहरु उपर हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी सम्मानित स्याङजा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा