सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । रौतहटको परोहा नगरपालिका-९ स्थित रामपुरखापमा रहेको शस्त्र प्रहरी बलले आज पत्रकार, वडाअध्यक्ष तथा भ्रदभलादमिको रोहबरमा अबैध रुपमा नेपाल ल्याईएका लाखौं रुपैया बराबरको पटाखाहरु नस्ट गरिएको हो ।
हिजो शनिबार बेलुका ४ बजेको समयमा जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.६ पल्टुवा स्थित अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याइदिइ गरेको लाखौं बराबरको पटाखा समातेका थिए ।
एक व्यक्तिले टाउकोमा बोकी ल्याउदै गरेको विभिन्न किसिमका पटाखाका आईटमहरु शस्त्र प्रहरी बल नेपाल FOB घिउराबाट सप्रनानी भोगेन्द्र कुमार सिंहको अगुवाईमा खटिएका ५ जनाको ड्युटी टोलीलाई देखि उक्त व्यक्ति पटाखा छाडी फरार भएको थिए । उक्त पटाखालाई नियन्त्रणमा लिई नेपाल आउट बोर्डर रामपुरखापमा लगिएका थिए ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवादलाई लिएर पदसँग जोडेर हेर्ने गरिएकोमा आपत्ति... विस्तृतमा