सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नोवेल कोरोना भाइरस संक्रमित व्यक्तिको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ ।
युरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताले कोरोनाका कारण फोक्सो र मुटुमा आएको समस्या समाधान हुने तर समय लाग्ने पनि निष्कर्ष निकालेका हुन् ।
उनीहरुले कोरोनाका कारण समस्या सिर्जित धेरै फोक्सो र मुटुका समस्या समाधान हुने अध्ययनबाट पुष्टि गरेका छन् ।
यस अध्ययनमा कोरोनाभाइरसबाट अति प्रभावित अष्ट्रियाको टिरोलन क्षेत्रका पीडितलाई समेटिएको थियो ।
अध्ययनमा सहभागीहरु अस्पताल भर्ना भएका १५० जना बिरामी नै थिए । उनीहरु अप्रिल २९ देखि जुन ९ सम्म अस्पताल बसेका बिरामी हुन् । सुरुमा ८६ विरामीमा सर्वेक्षण गरिएको थियो ।
अस्पतालबाट डिस्चार्ज भएपछि ६ हप्ता, १२ हप्ता र २४ हप्तासम्म पनि उनीहरुमाथि अध्ययन गरिएको थियो । उनीहरूको अध्ययन गर्नेक्रममा चिकित्सकीय परीक्षण र प्रयोगशालाको परीक्षणको रिपोर्टहरुलाई विश्लेषण गरिएको थियो ।
त्यसैगरी रगतमा अक्सिजन र कार्बनडाइअक्साइड, फोक्सोको कामको अवस्थाको परीक्षण, सिटी स्क्यान र इकोकार्डियोग्रामको विवरणसमेत हेरिएको थियो ।
यी सबै विवरणहरुका आधारमा पहिलो पटकको नतिजा हेर्दा झण्डै ८८ प्रतिशत बिरामीमा फोक्सोको समस्या देखिएको थियो ।
त्यसैगरी, डिस्चार्ज भएको १२ औं हप्तामा दोस्रोपटकको परिक्षण विवरण हेर्दा ५६ प्रतिशतमा मात्रै त्यस्तो समस्या देखिएको अध्ययनकर्ताहरुले बताएका छन् ।
यसरी जति पछि हुँदै गयो, त्यति धेरै बिरामीको मुटु र फोक्सोको समस्यामा कमी हुँदै गएको देखिएको अध्ययनकर्ताहरुको भनाइ छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा