सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । तेलेगु सिनेमाका चर्चित अभिनेता जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको छ।
हास्यप्रधान तथा खलनायक चरित्रका लोकप्रिय रेड्डीको मंगलबार आफ्नै निवासमा हृदयघातबाट निधन भएको हिन्दुस्थान टाइम्सले जनाएको छ। उनी रेडी, समरसिम्हा रेड्डी तथा प्रेमिनचुकुंदम रा जस्ता सिनेमाका लागि चर्चित छन्।
उनले सन् १९८८ ‘ब्रह्मापुत्र’ सिनेमाबाट आफ्नो करियर सुरू गरेका थिए। अन्तिमपटक उनले सन् २०२० मा रिलिज भएको ‘सरिलरू निकेवरू’ सिनेमामा काम गरेका थिए।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा