सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तेहरान । इरान र रसियाबीच तेहरानमा कोभिड–१९ विरूद्धको खोप उत्पादन गर्न सहकार्य गर्ने सहमति भएको मस्कोका लागि इरानका राजदूत काजेम जलालीलाई उद्धृत गरी इरानको एक अर्ध–सरकारी समाचार संस्थाले जानकारी गराएको छ ।
‘फार्स न्यूज एजेन्सी’का अनुसार उक्त सहमति शुक्रबार रूसी प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) का कार्यकारी प्रमुख किरिल दिमित्रिभ र राजदूत जलालीबीचको भिडियो बैठकमा भएको हो ।
उक्त अवसरमा इरानी राजदूतले ‘कोभिड–१९ को खोप पत्ता लगाउन सफल भएको भन्दै रूसलाई बधाई दिएका थिए ।
जलालीले दुवै देशबीच थप स्वास्थ्य र चिकित्सा सहयोगको लागि रूससँग आग्रह गरेको बताइएको छ ।
दिमित्रिभले दुई देशबीच कोभिड–१९ विरूद्धको खोप ठूलो परिमाणमा उत्पादन गर्ने सहमति बनेकोमा रूसी पक्ष खुसी बनेको बताए । रसियाका स्वास्थ्य अधिकारीहरूले हालै कोभिड–१९ खोपको उत्पादन गर्ने घोषणा गरेका थिए ।
शुक्रबार मात्रै रसियाली कोरोनाविरोधी भ्याक्सिन स्पुतनिक फाइभको पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजा सार्वजनिक गर्दै बेलायतको विश्वविख्यात मेडिकल जर्नल लान्सेटले उक्त खोप सुरक्षित र प्रभावकारी देखिएको जनाएको थियो ।
रसिया सरकारले पहिलो र दोस्रो चरणको परीक्षण सकेलगत्तै उक्त खोप अनुमोदन गरी दर्ता समेत गरिसकेको छ । रसियाले अनुमोदन गरेसँगै स्पुतनिक फाइभले कोभिड १९ पहिलो खोप बन्ने अवसर पाएको छ ।
रसियाले हाल जारी तेस्रो चरणको क्लिनिकल परीक्षण सकेलगत्तै आगामी अक्टोबारमा आफ्नो मुलुकमा खोप कार्यक्रम सञ्चालन गर्ने बताउँदै खोपको उत्पादन समेत थालिसकेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा