सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीप लामिछानेको टिम जमैका तालवाजले जित निकालेको छ ।
जमैका तालवाजले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।
जमैकाले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।
१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छर्दै ११० रनमा समेटिन पुग्यो । जितसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ ।
जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिए । यस्तै नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २-२ विकेट लिएका छन् । सन्दीपले इभेन लुईस र इस सोढीको विकेट लिएका हुन् ।
जमैकाले सीपीएलमा ६ खेलखेल्दा ३ मा जित र ३ मा हार व्यहोरेको छ। अकं तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा