सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लस एन्जलस । हलिउड अभिनेता चाडिक बोसम्यानको निधन भएको छ । हलिउडको सफल फिल्म ब्ल्याक प्यान्थरबाट चर्चित ४३ वर्षका बोसम्यान क्यान्सरपीडित थिए । परिवारले उनको निधन पुष्टि गरेको हो ।
लस एन्जलसमा बसोबास गर्ने बोसम्यानको घरमा श्रीमती र परिवारकै काखमा निधन भएको हो । बोसम्यानले आफ्नो रोगबारे सार्वजनिक रुपमा केही बताएका थिएनन् ।
‘एउटा सच्चा लडाकु, चाडिकले त्यो बिरासत सधैं संरक्षण गरे, जसले तपाईंले मन पराएका धेरै फिल्म दिए,’ उनको परिवारले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘मार्सलदेखि दा ५ ब्लड्स, अगस्ट विल्सनको मा राइनेज ब्ल्याक बटम र अरु थुप्रै – यी सबै उनको असंख्य सर्जरी र केमोथेरापीको क्रममा सुटिङ भएका थिए ।’
बोसम्यान २०१३ मा बेसबलका महान खेलाडी रोबिन्सनको जीवनीमा आधारित फिल्म खेलेर चर्चामा आएका थिए । त्यसपछि २०१४ मा उनले गायक जेम्स ब्राउनको रुपमा गेट अन अपमा खेले ।
तैपनि उनलाई सबैले सम्झिने फिल्म चाहिँ सन् २०१८ को ब्लकबस्टर ब्ल्याक प्यान्थर बन्यो । ब्ल्याक प्यान्थर ओस्कारमा बेस्ट पिक्चरका लागि मनोनित भएको पहिलो सिनेमा थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा