सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युईएफए च्याम्पियन्स लिग फ्यान्स गोल अफ द सिजन अवार्ड जितेका छन् ।
बिहीबार युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले पोर्चुगिज खेलाडी रोनाल्डोको गोललाई उत्कृष्ट गोल घोषणा गरेको हो ।
यूईएफएले रोनाल्डोको च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगको गोललाई उत्कृष्ट गोल घोषणा गरेको हो । गत ८ अगस्टमा भएको खेलमा रोनाल्डोले लियोनविरुद्ध दुई गोल गरेका थिए ।
अनलाइन भोटिङमा रोनाल्डोले सबैभन्दा धेरै ४ लाखभन्दा बढी भोट पाएर गोल अफ् द टुर्नामेन्टको अवार्ड जित्न सफल भए । रोनाल्डोले ४ लाखभन्दा बढी भोट पाउँदा उनीपछि दोस्रो बढी भोट मात्रै २३ हजार रहेको छ ।
यसपटक गोल अफ् द टुर्नामेन्टका लागि रोनाल्डोसहित स्पेनिस बार्सिलोनाका लुइस स्वारेज, जर्मन क्लब बार्यन म्युनिखका सेर्गे गेनाब्री, युभेन्टसकै जुआन काउडराडो, र जर्मन क्लब आरबी लेइपजिगका मार्सेल साबिज्टारको गोल मनोनयनमा परेको थियो ।
#UCL – GOAL:
Brace yourselves, Ronaldo is in the mood!
Juventus 2 – 1 Lyon (Aggregate 2 – 2)
Can Juve get the winner?
Watch live: https://t.co/RYwm9aZlb5 pic.twitter.com/kdGbliqxRr
— SuperSport 🏆 (@SuperSportTV) August 7, 2020
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा