सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकको कोरोना बीमा गर्ने भएका छन् ।
प्राविधिक संघका पदाधिकारीहरुसँगको एक भेटमा उनले यो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
हमालले आर्थिक अवस्था कमजोर रहेका सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने पनि बचन दिएका छन् ।
संघको प्रस्तावलाई स्विकार्दै हमालले निषेधाज्ञाभन्दा अगाडि सय जना प्राविधिकलाई आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । पछि फेरि विमा पनि गरिदिने बचन दिएका हुन ।
केही दिनमा प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली कोरोना बीमाका लागि राजेश हमाललाई पठाउने तयारी गरेको छ ।
कोरोनाका कारण हजारौं प्राविधिकहरुको रोजीरोटी गुमेको छ । ५ महिनायता चलचित्र सम्बन्धि कुनै कार्य नहुँदा समस्या भएको हो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा