सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने । एनआइसी एसिया बैंकले कोभिड १९ महामारीका बेला विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा पाँच सय रुपैयाँसम्म रकम फिर्ता पाउने बैंकले जनाएको छ ।
भदौ ८ गते सुरु भएको यो योजना भदौ २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम सय रुपैयाँसम्मको कारोबार ग्राहकले गर्नुपर्ने बैंकले जनाएको छ ।
डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा, सुविधा प्रदान गर्दै आएको दाबी गर्ने उक्त बैंकले १५ हजारभन्दा बढी क्युआर मर्चेन्टमार्फत उत्साहजनक विद्युतीय कारोबार हुँदै आएका बेला कोरोना भाइरसजन्य विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङमार्फत गर्न ग्राहकलाई प्रोत्साहित गर्न यो योजना ल्याएको जनाएको छ ।
यस असाधारण समयमा ग्राहकको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बिमा प्रिमियम भुक्तानी, टेलिभिजनको बिल लगायत घरायसी बिल जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको जनाएको छ । यस योजनामा मोबाइल बैंकिङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा