सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गरि आइतबार (आज) बाट एकीकृत वित्तीय कारोवारको शुभारम्भ गरको छ । यस प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी रु.१४.४५ अर्ब तथा जगेडा कोषको आकार रु.७.३५ अर्वमा बृद्धि भएको छ । प्राप्ति पश्चात बैंकको नाम “एनएमबि बैंक लि.” नै रहने छ भने रजिष्ट्रर्ड/मुख्य कार्यालय साविक कै बबरमहल काठमाडौंमा रहेको छ ।
एकीकृत वित्तीय कारोवारको थालनीसँगै, एनएमबि बैंककोे सबै प्रादेशिक संरचनामा सन्तुलित सञ्जालको विस्तार भई बैंकको ब्रान्ड (चिनारी) समेत बलियो रुपमा स्थापति हुनेछ । जसले सहरोन्मुख र ग्रामीण क्षेत्रका जनतामा वित्तीय पहुँच पुर्याउने बैंकको दिगोको लक्ष्य प्राप्त गर्न सरोकारवालाहरुसंगको सहकार्यलाई अघि बढाउन मद्धत गर्नेछ ।
यस एनएमबि बैंकमा Nederlandse Financierings-Maatschappij Voor Ontwikkelings landen N. V. (एफ.एम.ओ.), कर्मचारी संचय कोष लगायतका संस्थाहरुको समेत लगानी रहेको छ । एफ.एम.ओ. निदरलैण्डस् अन्तर्राष्ट्रिय रुपमा राम्रो छवी भएको Standard & Poor’s तथा Fitch जस्ता संस्थाहरुले AAA रेटिङ्ग गरेको निदरलैण्ड सरकार समेतको लगानी रहेको अन्तर्राष्ट्रिय बिकास बैंक हो । एफ.एम.ओ. सँगको गठबन्धनले बैंकलाई वातावरणीय र सामाजिक जोखिमहरू प्रबन्ध गर्न र नवीकरणीय उर्जा, साना तथा मझौला कर्जाहरु र कृषि व्यवसायमा प्रमुख सम्बाहकको रूपमा प्रस्तुत गर्न सघाउ पु¥याएको छ । यस बैंक बैंक अफ द ईयर – २०१७ र बैंक अफ द इयर – २०१८ द्वारा लगातार पुरस्कृत गरिएको बैंक हो ।
कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति पश्चात बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा