सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
क्वालालम्पुर । मलेसियाको पेनाङ राज्यमा पर्ने सुङ्गाइ जाउ , पुलाउ भन्ने ठाउँमा अवस्थित सनलाईट पावर ( sunlight power sdn bhd ) कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले झुन्डिएर आत्महत्या गरेको छ।
नेपाल ठेगाना भोजपुर जिल्ला बिङगमा वडा नम्बर.५ साल्पासिलिचो निवासी मिलन कुलुङ (राई) यहीँ अगष्ट १९ तारिख बुधवारको दिन बिहान कोठामै झुन्डिएर आत्महत्या गरेको अवस्थामा फ़ेला परेको संगै काम गर्ने मृतकको साथी अर्का एक नेपाली कामदारले मलाया खबरसंगको टेलीफोन संवादमा बताउनुभयो।
मृतकको साथीले बताए अनुसार आत्महत्या गरेका मिलन मलेसिया रोजगारीमा आएको ३ बर्ष पुग्न ५ महिना बाँकी रहेको थियो । उनका अनुसार केहि दिन अगाडिमात्रै रोजगारदाता कम्पनीलाई आफू घर फर्किन चाहेको कुरा गरेको खुलाए , तर कम्पनीले श्रम सम्झौताको अवधी अझै ५ महिना बाँकी रहेकोले घर फर्काउन आनाकानी गरेको र घर फर्किने भए आरएम ३ हजार ५ सय मलेसियन रिंगेट कम्पनीलाई तिर्नुपर्ने कुरा कम्पनीले गरेको बताए।
घर फर्किन चाहेका मिलनले कम्पनीले भने बमोजिमको भारी रकम तिर्न नसकेर डिप्रेसनको शिकार भएर आत्महत्याको बाटो रोजेको हुन सक्ने आशँका गरिएको छ।
२२ बर्षे मृतक मिलनको घरमा आमाबुबा रहेको जानकारी प्राप्त भएको छ। अहिले मृतकको शवलाई पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको र मलेसिया स्थित नेपाली दूतावास र सम्बन्धित निकायको सहयोग समन्वयमा आवश्यक प्रक्रिया पूरा गरेर अन्तिम दाह संस्कारको लागी मृत शव लाई नेपाल पठाइने कम्पनी स्रोतले जनाएको छ। मलायखबरबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा