सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । असार १२ गते झापाकी सन्ध्या तिवारी अध्यक्ष रहेको कमिटीले नेकपा एमाले पार्टी दर्ताका लागि दिएको आवेदनलाई आयोगले आज औपचारिक रुपमा दर्ता गरेको हो ।
दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयभन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणित गरी आयोगको बैठकले एमालेलाई दर्ता गरिदिएको हो ।
आयोगले उनीहरुको मागअनुसारै उदाउँदो सूर्य चुनाव चिह्न दिएको छ । केही दिनमै दलका प्रतिनिधिलाई बोलाएर प्रमाणपत्र दिने बताइएको छ ।
नेकपा एमाले पार्टी दर्ताकालागि आयोगमा आवेदन पर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र तरङ्ग पैदा भएको थियो । एमाले पार्टी दर्ताको विषयलाई लिएर नेकपाका माथिल्लो तहका नेताहरु नै आरोप प्रत्यारुपमा उत्रिएका थिए । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलिको निर्देशन र योजना अनुरुप यो पार्टी दर्ता हुन लागेको अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पक्षले आरोप लगाएका थिए । त्यस्तै बरिष्ठ नेता माधव कुमार नेपाल पक्षलेपनि सो पार्टी दर्ताको विषयलाई लिएर अध्यक्ष ओली प्रति आशंका व्यक्त गरेका थिए ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकर्पां निर्माण भएको थियो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा