सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा ११८ जना कोरोना भाइरस संक्रमितको विभिन्न अस्पतालका आइसियूमा उपचार भइरहेको छ । त्यसैगरी ८ जना भेन्टिलेटरमा छन् ।
गम्भीर प्रकृतिका बिरामीलाई आइसियूमा राखेर उपचार गरिन्छ । कृत्रिम स्वासप्रश्वास आवश्यक पर्ने बिरामीलाई भेन्टिलेटरमा राखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार प्रदेश १ मा ४ जनाको आइसियूमा उपचार भइरहेको छ । प्रदेश २ मा आइसियूमा रहेका बिरामीको संख्या ४६ छ । त्यसैगरी बाग्मती प्रदेशमा ५२ जना र गण्डकी प्रदेशमा ६ जना बिरामीको आइसियूमा उपचार भइरहेको उनले बताए ।
कर्णाली प्रदेशमा १० जना आइसियूमा छन् । भेन्टिलेटरमा भने ८ जनाको उपचार भइरहेको छ । भेन्टिलेटरमा रहेका सबै बाग्मती प्रदेशका अस्पतालमा छन् ।
पछिल्लो २४ घन्टामा सातजना कोरोना संक्रमितको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा निधन हुने कोरोना संक्रमितको संख्या ११४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा १०१६ जना कोरोना संक्रमित थपिएका छन् । एकै दिन हजारभन्दा माथि संक्रमित थपिएको यो पहिलो घटना हो । १३ हजार ४६१ जनाको नमुना परीक्षण गर्दा १०२६ जनाको नतिजा पोजेटिभ आएको
यो २४ घन्टामा राजधानीका तीन जिल्लामा गरी २०५ जना संक्रमित थपिएका छन् । उपत्यकामा पनि यति धेरै संक्रमित थपिएको पहिलोपटक हो ।
मन्त्रालयका अनुसार यो २४ घन्टामा काठमाडौंमा १३८, भक्तपुरमा १७ र ललितपुरमा ५० जना कोरोना संक्रमित थपिएका छन् ।
यो २४ घन्टामा ८५ जना कोरोना जितेर फर्केका छन् । योसँगै कोरोना जित्नेको संख्या १७ हजार ६८० पुगेको छ । कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।
कोरोना संक्रमित नहुने जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा