सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । कोरोना भाइस संक्रमणबाट गएको २४ घन्टाभित्र पोखरामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान साढे १० बजे तिरको समयमा पोखरा १६ का ८७ वर्षीय वृद्धको पश्मिाञ्चल क्षेत्रीय अस्पतालान मृत्यु भएको हो । ३२ साउनमा अस्पताल भर्ना भएका ति बृद्धको भदौ १ गते कोरोना संक्रमण पुष्टि भएको हो । उनी उनको मीर्गौला समस्या र मधुमेह को बिरामी थिए ।
त्यस्तै, तनहुँ व्यासकी ५० बर्षीया महिलाको कास्की सेवा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । सोमबार राती मृत्यु भएकी ति महिलाको पिसिआर रिपोर्ट मंगलबार विहान मात्रै आएको हो । आइतबार कास्की सेवा अस्पतालमा भर्ना भएकी ति महिलाको सोमबार मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । प्रदेशमा हालसम्म १ हजार ७ सय ६४ जना संक्रमित छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा