सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भक्तपुर । बाक्लो बस्तीमा कोरोना संक्रमण देखिन थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा कठोर निर्णय गरेको छ । नगरपालिकाले कोरोना संक्रमण समुदायमा देखिन थालेपछि नगरपालिका क्षेत्र सिल गर्दै लकडाउन भन्दा कडाई गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका १ देखि ९ वडामा हाल सम्म २० जना सक्रिय संक्रमित र जम्मा ४१ जना संक्रमित देखा परेकाले नगरको विपद व्यवस्थापनको आकस्मिक बैठकले नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरका सबै वडामा संक्रमण देखिएपछि कठोर निर्णय गर्न बाध्य भएको जानकारी गराउनुभयो । मेयर श्रेष्ठले एक बिज्ञप्ति जारी गर्नुहुँदै आजदेखि लागू हुने गरि भदौ ९ गतेसम्म नगरपालिका क्षेत्रभित्र सम्पूर्ण व्यवसाय बन्द गर्ने र अत्यावश्यक ९ खाद्यान्न, पानी, ग्यास र औषधि पसल दिनको ११ बजेदेखि १ बजेसम्म खोल्न दिइने गरि निर्णय गरिएको बताउनुभयो ।
मेयर श्रेष्ठका अनुसार यो अवधिमा नगरपालिका क्षेत्रभित्र सार्वजनिक सवारी बन्द गरिनेछ । अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मका हकमा रोक्न, यात्रु चढाउन र ओराल्न पाइनेछैन । साथै मेयर श्रेष्ठले जिल्ला प्रशासनले निषेध गरिएका सम्पूर्ण गतिविधिहरु पालना गर्न अनुरोध समेत गर्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा