सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सकभर घरबाटै काममा खटाउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै उसले आफ्ना कर्मचारीहरूको पीसीआर परीक्षण आफ्नै खर्चमा गराउन समेत निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित गराउन भनेको छ । बाँकीलाई घरबाटै काम गराउन र आफ्नो क्षेत्रभन्दा बाहिर गएका तथा सङ्क्रमितको नजिक रहेको शङ्का लागेका कर्मचारीको पीसीआर परीक्षण गराउन निर्देशन दिएको छ । यसरी परीक्षण गर्दा लाग्ने खर्च सम्बन्धित संस्था आफैले बेहोर्नुपर्ने निर्देशनमा उल्लेख छ ।
केही बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि राष्ट्र बैंकले सजग गराएको हो । बैंक तथा वित्तीय संस्थामा भेटघाट र बैठक नगर्न, कर्मचारीलाई सम्पूर्ण सुरक्षा सामग्रीका साथ मात्रै काममा खटाउन, सङ्क्रमितको सम्पर्कमा रहेका र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई होटल क्वरेन्टाइनमा सुरक्षित राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा