सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली मुलकी बलिउडकी चर्चित नायिका मनिषा कोइरालाले बलिउड स्टार सञ्जय दत्तको सु–स्वास्थ्यको कामना गरेकी छिन् । कोइरालाले सञ्जयले चाडैनै क्यान्सर जित्ने भन्दै सुस्वास्थ्यको कामना गरेकी छिन् ।
कोइरालाले सामाजिक सञ्जाल ट्विटर मार्फत सञ्जय दत्तले जीवनमा ठूला–ठूला संघर्ष भोगेको र ती सबैलाई जितेको स्मरण गरेकी छिन । उनले क्यान्सरलाई पनि जित्ने कोइरालाले विश्वास लिएकी छिन् ।
Sadden to hear about your health challenge dear baba @duttsanjay .. but I know you are tougher !! There has been tremendous struggles in your life and you overcame them, this too shall be yet another win .. praying for your well-being 🙏🏻🙏🏻🙏🏻
— Manisha Koirala (@mkoirala) August 12, 2020
दत्तलाई फोक्सोको तेस्रो चरणको क्यान्सर भएको छ । उनलाई थप उपचारको लागी अमेरीका लाने तयारी भईरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा