सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रौतहट । यूवा नेता फिरोज आलम नेपाली कांग्रेस केन्द्रिय मुस्लिम विभागको सदस्यको मनोनयनमा परेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरुमा गरेको मनोनयनमा आलम सदस्यमा परेका हुन् ।
नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री फर्मुला मन्सुर को समायोगतवमा रहेको मुस्लिम विभागमा उनले जिम्मेवारी पाएका हुन् ।
आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका थिए । उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थपेका छन् ।
नेपाली कॉंग्रेसका युबा नेताका रुपमा पहिचान बनाएका फिरोज आलम २०६२ सालमा नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसका उपसभापतिको दरिलो जिम्मेवारी निर्वाह गरेसँगै २०६३ मा कार्यवाहक सभापतिका जिम्मेवारी पाएका थिए । २०६४ सालमा नारायणी रंगशालामा भएको बम विस्फोटमा परी घाइते भई नेपाली सेनाको विमानवाट काठमाण्डौ लगी करिब ३ महिना उपचार पछि निको भई पुन राजनीतिमा उनी फर्केका थिए । आफ्नो विधार्थी राजनीतिमा २०६५ सालमा भएको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा सह सचिव पदमा नेबि संघका तर्फबाट उमेदवार बनेका आलम कयौं पटक जेल जीवन समेत बिताएका छन । २०६३ सालमा भएको नेबिसंघको ११ औ अधिवेशनमा नैन सिंह महरको कार्यसमितिमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । लगत्तार राजनीति उचाइ पाएका आलम यूवाहरु माझ अत्याधिक रुचाइएका पात्र बन्न पुगे त्यसको फलस्वरुप २०७३ सालमा नेपाली कॉंग्रेस रौतहट क्षेत्र नः ३ का सचिवमा सर्वसहमत रुपमा छानिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा