सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । पूर्वमन्त्री तथा संघिय सांसद शिवकुमार मण्डलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तिनै तहको सरकारको ध्यान पुग्नुपर्ने बताएका छन् ।
नेकपा केन्द्रय सदस्य समेत रहेका सांसद मण्डलले संघिय, प्रदेश र स्थानीय सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् ।
उनले मुलुकभरका सवै अस्पतालहरुलाई क्वारेन्टाइन बनाउनुपर्ने समेत बताएका छन् । उनले सीमामा आहोरदोहर हुन नदिन पूर्णरुपमा कडाई गर्नुका साथै अनावश्यक भिडभाड नियन्त्रण गर्नुपर्ने बताए । नेता मण्डलले सरकारले जनताको रोजिरोटिका लागि उचित व्यवस्थापन गर्दै अनावश्यक भिडभाड र चहल पहलमा कडाई गर्नुपर्ने बताए ।
उनले मुलुकको अर्थतन्त्र चलायमान राख्नका लागि उद्योग कल कारखानाहरुसमेत सञ्चालन हुनेगरी सरकारले काम गर्नुपर्ने बताए । उनले समुदायस्तरमा तिब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिन थालेकाले सवै जनताको अनिवार्य पिसिआर परिक्षण गराउन समेत सरकारलाई सुझाव दिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा