सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपालगञ्ज । प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना)लाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छन् ।
‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु,’ सांसद केसीले फेसबुकमा लेखेकी छन् ।
भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा शनिबार बाँकेका ७ जना महिलासहित २० जना कोरोना संक्रमित थपिएका थिए । सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने गरेकी थिइन् ।
काठमाण्डौँ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सुनको जलहरी निर्माण व्यवस्थापन समितिका संयोजक डा. मिलनकुमार थापाले सुनको जलहरी राख्नु नहुने... विस्तृतमा