सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभु साहले गैरसरकारी संस्थाको नाउमा बर्षेणी अरबौं रुपैया लुट भईरहेको दाबी गरेका छन।
सरकारी नियमनकारी निकायको प्रभावकारी नियमनको अभावमा गैरसरकारी संस्थाका संचालकहरुले बर्षेणी अरबौं रुपैया लुटीरहेको सांसद साहको दाबी छ ।
गृहजिल्ला रौतहटको मौलापुर स्थित एक कार्यक्रम पछी संचारकर्मी संग कुरो गर्दै उनले भने एनजिओ आईएनजिओको नाउमा अनियमितता र भ्रष्टाचार बढ्दो छ ।
अहिलेको २१औं शताब्दीको सुचना प्रविधिको युगमा पनि गैर सरकारी संस्थाहरूको आर्थिक कारोबार पुरै अपारदर्शी हुनु दुखद छ सांसद साहले भने कुन कुन मिति र शिर्षकमा कहाँबाट कति रकम आयो र उक्त रकम कुन ठाउँमा कसरी र कति खर्च भयो यसको कुनै लेखाजोखा वा जवाफदेहीता छैन ।
नियमनको साटो सरकारी निकायको भुमिका मात्र संस्था दर्ता र नवीकरणमा मात्र सिमित भएकाले पछी दुधको साक्षी बिरालो भन्ने उखान अहिले चरितार्थ भईरहेको उनको टिप्पनी छ ।
सांसद साहले संस्थाहरूले आफ्नो विधानमा गैर नाफामुलक लेखेपनि त्यसको ठिक बिपरित एनजिओ आईएनजिओको प्रायः व्यवहारमा लूट र भ्रष्टाचारमा लिप्त देखिन्छ ।
औसत अनुपातमा एउटा जिल्लामा स्थानीय तहहरूले खर्च गर्ने बराबरकै हाराहारीमा अरबौ रकम गैर सरकारी संस्थाहरूले खर्च गरिरहेकोछ तर परिणाम शुन्य देखिन्छ ।
तसर्थ गैरसरकारी संस्थालाई परिणाममुखी बनाउन सर्वप्रथम अनियमितता र भ्रष्टाचार रोक्न जरूरी रहेको पुर्वमन्त्री समेत रहेका सांसद प्रभु साहले जिकिर गरे ।
यसको लागि वर्तमान प्रावधानमा आमूल परिवर्तन गरी जनताको निगरानी सहित सरकारी निकायको भुमिका बढाउन सम्बन्धित पक्षको गम्भिर ध्यनाकर्षण गराउदछु उनले भने ।
त्यतीमात्र होईन केही बर्षादेखी गैरसरकारी संस्था संचालन गरेर कराडौंको सम्पती जोडेका छन उनको आम्दानीको स्रोत केहो त्यो पनी खोज्न जरुरी रहेको साहले बताएका छन ।
मानवसेवाको नाउमा देश बिदेश बाट बर्षेणी आउने अरबौ रुपैया गैरसरकारी संस्था माथी कब्जा जमाएका केही मुठीभर मानिसको पेवा बनेको छ त्यो परम्परा रोक्न अबिलम्ब सरकारले ठोस निति ल्याउन सांसद प्रभु साहले सरकारको ध्यानाकर्षण गराएका छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा