सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा । कोरना भाईरसको संक्रमणलाई फैलन नदिन सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखराले यहि श्रावण-१६ गते सडकमा मास्क नलगाई हिड्ने आम नागरिकहरुलाई मास्क वितरण गर्नुका साथै कोरोना भाईरसका विषयमा सचेतना समेत प्रदान गरेको छ ।
लकडाउन केहि मात्रामा खुकुलो भएसंगै मानिसहरुको बढ्दो आवागमनको चापलाई मध्यनजर गरि मास्क नलगाई हिड्नेहरुलाई मास्क वितरण गर्ने तथा सचेतना समेत प्रदान गरि यसको संक्रमणबाट हुने क्षति न्यूनिकरण गर्न सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोकद्धारा उक्त कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका अन्तर्गतका विभिन्न चोकहरुमा सचेतनामुलक प्लेकार्डहरु सहित २०० भन्दा बढि मास्क नलगाई हिड्नेहरुलाई मास्क वितरण गरि सम्झाई बुझाई गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र पृथ्वीचोक पोखराका अध्यक्ष विपिन अधिकारीले उक्त कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने बताउँदै कार्यक्रम प्रभावकारी हुनेमा विश्वास समेत व्यक्त गर्नुभयो ।
नेपाल प्रहरीसंगै हातेमालो गर्दै समाजका विकृती विसंगतीहरुको न्यूनीकरण गर्ने उदेश्यले स्थापित उक्त सामुदायिक प्रहरी सेवा केन्द्रले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा