सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बिराटनगर । विराटनगर स्थित कोशी अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।
ओपिडीका इञ्चार्जसहित चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको हो । अस्पतालले सूचना जारी गर्दै स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको जानकारी दिएकोे छ ।
संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टाइन र १२ जनालाई स्थानीय एक होटलमा निगरानीमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । ओपीडी सेवा बन्द भएपनि आकस्मिक सेवा भने बन्द नगरिएको अस्पतालले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा