सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेरुसलेम । इजरायली अनुसन्धाताहरुको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस संक्रमणको खतरा बढी रहने देखाएको छ ।
लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै आइतबार इजरायली अधिकारीहरूले उक्त कुरा बताएका हुन् । अनुसन्धाताहरुले भने, ‘कोरोनाभाइरस र भिटामिन ‘डी’ परीक्षण गरिएका लिउमिट समूहका सात हजार ८०७ व्यक्तिमध्ये जसको रगतमा भिटामिन ‘डी’को कमी थियो उनीहरूमध्ये धेरै संक्रमित थिए ।’
उक्त समूहले भिटामिन ‘डी’ को कमी देखिएकामध्ये १०.१ प्रतिशत व्यक्ति कोरोना भाइरसबाट संक्रमित पाइएको बताएको छ । संक्रमण नदेखिएका व्यक्तिको भन्दा संक्रमण देखिएका व्यक्तिमा भिटामिन ‘डी’ को मात्रा कम भेटिएको थियो ।
अनुसन्धानले प्रतिमिलिलिटर ३० नानोग्राम भिटामिन ‘डी’ भएका व्यक्ति सजिलै संक्रमित हुने खतरा बढी रहेको पाइएको बताएको छ । जबकि भिटामिन ‘डी’ को मात्रा सामान्य रहेका व्यक्ति तुलनात्मक रूपमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिभन्दा कम संक्रमित पाइएका थिए ।
यसैगरी भिटामिन ‘डी’ को कमी भएका कोभिड–१९ संक्रमितलाई संक्रमणपछि पनि गम्भीर समस्या देखिने र अस्पताल भर्ना गर्नुपर्ने देखिएको अध्ययनको निष्कर्ष छ । अचम्मको अर्को कुरा के छ भने अध्ययनले मनोभ्रंश, मुटु रोग र फोक्सोको समस्या रहेका बिरामी भएकै कारण उनीहरूमा कोभिड–१९ संक्रमण दर बढी नपाइएको बताएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा