सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली माथि चरणबद्ध डिजिटल वारमा उत्रेका छन् ।
डा. भट्टराई लगातार जस्तो ओली माथि विभिन्न शब्दावलीहरु प्रयोग गर्दे प्रधानमन्त्रि बाट बर्खास्थीको माग गरीरहेका छन् ।
उनले ट्विटरमा ‘ओलीहटाऔंदेशबचाऔं’ ह्यास ट्रयाक पनि शुरु गरेका छन् ।
उनले प्रधानमन्त्रि ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन्। शनिबार बिहानै एक ट्वीट गर्दै भट्टराईले हिटलर पनि निर्वाचित नै भएको र उनले पनि राष्ट्रवादलाई नै हतियार बनाएको, तर आखिर के भयो भनी प्रश्न गरेका छन्।
उनले नेकपालाई अलमल नगरी प्रधानमन्त्रि ओलीलाई संसदबाटै हटाउन आग्रह पनि गरेका छन् ।
प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं
— Baburam Bhattarai (@brb1954) July 18, 2020
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा